BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) को प्रशिक्षक माउरिसिओ पोकेतिनो नियुक्त भएका छन् ।

इंग्लिस क्लब टोटनह्याम तथा साउथह्याम्पटनका पूर्व प्रशिक्षक पोकेतिनोले पिएसजीमा थोमस टुसिलको स्थान लिने छन् ।

४८ वर्षका पोकेतिनोले पिएसजीसँग सन् २०२२ को जुन ३० सम्मका लागि सम्झौता गरेका छन् ।

पोकेतिनोले सन् २००१ देखि २००३ सम्म पिएसजीबाट खेलेका थिए, अब उनी सो क्लबको प्रशिक्षक बनेका छन् ।

उनलाई सन् २०१९ को नोभेम्बरमा टोटनह्यामले बर्खास्त गरेको थियो। उनले डिसेम्बर २९ मा बर्खास्त भएका टुसिलको स्थान लिएका छन् ।

लिगमा पिएसजी हाल तेस्रो स्थानमा छ र उसले आउँदो फेब्रुअरी र मार्चमा च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाको सामना गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय