पौष १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि कांग्रेस, कम्युनिष्ट, मधेसवादी र विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकासको माग गरेका छन् ।
काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“नेपालमा अहिले धेरै गणतन्त्रवादी नागरिक पनि हुनुहुन्छ, उहाँहरुको पनि सम्मान गर्नुपर्छ । हामीले निरंकुश राजतन्त्र भनेका होइनौँ,” उनले भने, “राजसंस्था कायम हुँदा आत्तिनुपर्ने अवस्था छैन । हामीले अब विकास गर्ने प्रणालीमा राजादेखि विप्लवसम्म अटाउन सक्नुपर्छ ।”
गणतन्त्र र लोकतन्त्रको कुरा गर्दा राजसंस्थालाई निषेध गरिएको र धर्मनिरपेक्षताको कुरा गर्दा हिन्दु धर्मलाई निषेध गरिएको उनको भनाइ थियो । उनले नेपालको राष्ट्रिय स्वाभिमानमा कहिले दक्षिणबाट त कहिले उत्तरबाट लगातार प्रहार भइरहेको बताए ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.