पौष १६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड(१९ बाट मानवजीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माणलगायत कामहरु ओझेलमा परेको स्विकारेका छन् ।
नेपाल पर्यटन बोर्डको २२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बिहीबार पर्यटन मन्त्री ढकालले कोभिडबाट मानवजीवन जोगाउन सरकारको ध्यान केन्द्रित हुँदा विकास निर्माण, पर्यटनलगायत क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताए ।
कोभिडको कारण पर्यटन वर्ष २०२० स्थगित गर्नुपरेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको पनि बताए । कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरु गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । सरकारले पर्यटन जीवनलाई पनि माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने पनि मन्त्री ढकालले बताए ।
पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना संक्रमणको नयाँ स्वरुपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समेत पर्यटन मन्त्री ढकालले बताए । मानिसको जीवन बचाउने कुरा नै पहिलो प्राथमिकता भएकाले सरकारले त्यसैअनुरुप काम गरिरहेको उनले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.