BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष १५ । १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका २३ ओटा स्वस्थ्यकर्मी पेसागत संगठनसँग सरकारले आज वार्ता गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ताका लागि दिउँसो १ बजे बोलाइएको छ । वार्तामा पेसागत संघ–संगठनका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्ज्वलकुमार शर्मालगायत सातजनाको टोली छ । मन्त्रालयका तर्फबाट सहसचिवस्तरीय तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ ।
निश्चित समयभित्र सबै मागहरुमाथि सम्बोधन भएमात्र आन्दोलन फिर्ता लिने संघका अध्यक्ष डा। लोचन कार्कीले बताए । सरकारले वार्तामा बोलाएपछि हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय