जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबै राजनीतिक नेतालाई सामान्य राजनीतिकर्मी होइन, राजनेता बन्न आग्रह गरेका छन्।

जेम्स एफ क्लार्कको भनाइ उधृत गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनविरुद्ध एक हुन आह्वान गरेका हुन्।
‘एउटा राजनीतिकर्मीले आगामी चुनावबारे सोच्छ। एउटा राजनेताले आगामी पुस्ताबारे सोच्छ। एउटा राजनीतिकर्मीले आफ्नो पार्टीको सफलता चाहन्छ। एउटा राजनेताले आफ्नो देशको सफलता चाहन्छ’- जेम्स एफ क्लार्क,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सामान्य राजनीतिकर्मी हैन, राजनेता बनौं। ओली-भण्डारी प्रतिगमनविरूद्ध एकताबद्ध संघर्षमा जुटौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय