पौष १४। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी(ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीविरुद्ध ५९ रनको फराकिलो जित हात पारेको हो ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछएको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ४८ रन बनाउँन सक्यो । गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि सुनीता लुहारले दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, रितु कनोजिया र लक्ष्मी सावदले समान एक(एक विकेट लिन सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा अल आउट हुँदै मात्र १०७ रन बनाउन सफल भएको थियो ।
सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक २७ रनको योगदान गरिन् । त्यस्तै कप्तान विन्दु रावलले १३ रन बनाउँदा मन्जु बोगटी १० तथा रितु कनोजियाले ७ रनको योगदान गरिन् । बलिङतर्फ गण्डकीका लागि अलिसाका लामिछानेले सर्वाधिक तीन विकेट लिएकी छन् । त्यस्तै सरिता पौडेलले दुई विकेट लिँदा अन्जिली विश्वकर्मा, कुसुम गोदार र ज्योतिनिका मरासिनीले समान एक(एक विकेट लिइन् ।
आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । समूह ‘बी’मा रहेको सुदूरपश्चिमले २ अंक जोड्न सफल भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.