BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

१३ गते ।हाँस्य कलाकार तथा निर्देशक पुरन थापाले चलचित्र ‘तीन जुङ्गे’ बनाउने तयारी गरेका छन् । उनले, आइतबार आफ्नो जन्मदिनमा चलचित्र बनाउने घोषणा गरेका हुन् । उनले यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरी’ लगायतका हाँस्यप्रधान चलचित्र निर्देशन गरेका थिए । थापाले घोषणा गरेको नयाँ चलचित्र ‘तीन जुङ्गे’को छायांकन माघ तेश्रो साताबाट सुरु हुनेछ ।
बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’मा तीन मुख्य पात्रको अभिनय रहनेछ । तर, निर्माणपक्षले अहिले नै कलाकारको नाम भने खुलाएको छैन । चलचित्रमा निर्देशक थापा, लय संग्रौला, दमन रुपाखेति, निक शर्मा, सुमीत्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, ललीतसिंह साउद, बिकल उप्रेती, सविता दनाइ, शिखा सुवेदी, छायाँ भुजेल, सुपा खनाललगायतका कलाकारले अभिनय गर्ने पक्का भैसकेको छ ।
चलचित्रका लागि मुख्य नायक–नायिकाको टुंगो केही समयमै लगाइने पुरनले बताए । बिमल ढकालको छायांकन रहने चलचित्रमा बिनोदकुमार भुजेलको संगीत, शंकर महर्जनको एक्सन, ललीतसिंह साउदको सम्पादन रहनेछ । सामाजिक बिषयलाई कमेडी शैलीमा प्रस्तुत गर्न लागिएको चलचित्रलाई काठमाडौ, मुस्ताङ, पोखरा लगायतका स्थानमा खिचिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय