BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष १३ । साउदी अरेबियाले व्यावसायिक यात्रीवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ ।
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।
साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् ।
साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ ।
साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रीवाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्रीमार्ग पनि बन्द गरेका छन् ।
ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात् दुई दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् ।
यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो ।
साउदी अरेबियामा हालसम्म तीन लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय