BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष १२ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी-ट्‌वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विककेटले जित हात पारेको छ । देउखुरी क्रिकेट मैदानमा कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा गर्‍यो ।
लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले ९ रन बनाइन् । गीता गोसाईले ४ रन बनाउन सफल भइन् । बलिङतर्फ कर्णालीका लागि अन्जु गुरुङले एक विकेट लिइन् ।
यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो ।
कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बनाउन सफल भइन् । त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका रानाले २-२ रन बनाइन् ।
बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय