उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अहिलेको राजनीतिक समस्याको प्रमुख जड प्रचण्ड नै भएको आरोप लगाएका छन् । पार्टी अध्यक्ष भएर पनि गुटबन्दी गरेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई अवरोध गर्नेजस्ता गैर जिम्मेवार काम प्रचण्डबाट भएको पोखरेलको दावी छ । पार्टी अहिलेको जटिल मोडमा आइपुगेको भन्दै उनले प्रचण्डले सरकारबारे दुष्प्रचार गरेको आरोप लगाए ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘कमरेड प्रचण्डले आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओली नेतृत्वको सरकार ढाल्ने प्रयास गर्नुभयो, सरकारबारे दुष्प्रचार गर्नुभयो, पार्टीमा गुटबन्दी गर्नुभयो, पार्टी एकतालाई टुङ्गोमा पुर्याउन आफैँ अवरोधक हुनुभयो । उहाँको यस्तै गतिविधि अहिले उत्पन्न समस्याको प्रमुख जड हो ।’
ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको फैसला जनताको पक्षमा भएको उनको दाबी छ । ‘कसैलाई भाग पुगेन भनेर बहुमतको सरकार ढाल्नु जायज हो कि फैसला गर्ने जिम्मा जनतालाई दिनु जायज हो ?’ उनले प्रश्न गरे ।यस्तै अर्कों कार्यक्रममा काठमाडौँ–५ ‘क’ प्रदेश सांसद नारायण सिलवालले ताजा जनादेशको लागि निवौचनमै जानु उत्तम विकल्प भएकोले सबैले स्वीकार गर्नुपर्ने जिकिर गरे । २०५१ मा मनमोहन अधिकारीको अल्पमतको सरकारले अविश्वास प्रस्ताव गरिसकेपछि संसद् विघटन गरेकाले सो निर्णय अदालतले बदर गरेको उदाहरण दिँदै उनले अहिले भने फरक परिस्थिति रहेको बताए ।२०५१ मा अल्पमतको सरकार थियो, त्यसमा पनि अविश्वास प्रस्ताव पेस भइसकेको थियो, त्यसैले त्यो अवस्थामा अदालतले संसद् विघटन निर्णय बदर गरिदियो, अहिले भने बहुमतको सरकारले गरेको निर्णय अदालतले समेत सदर गर्ने विश्वास छ,’ सिलवालको तर्क थियो ।
वर्तमान सरकारले धेरै विकास निर्माणका काम गरेको जिकिर गदृै उनले सकारात्मक कामको प्रचार हुन नसकेको गुनासो गरे । राम्रो कामको प्रचार गर्दै चुनावमा होमिन उनले कार्यकर्तालाई निर्देशन दिए ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.