BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

गल्कोट समाज जापानले एक करोड बराबरको अक्षय कोष निर्माण अभियान प्रारम्भ गरेको छ। देश तथा बिदेशमा रहदा बिभिन्न ब्यक्ति समस्यामा पर्दा समाजबाट सहयोगको अपेक्षा सहित अपिल हुने र भईपरी आउने बिभिन्न खालका बिपदमा छिटो छरितो रुपमा सहयोग पुर्याउन सकियोस् भन्ने उदेश्यले समाजले अक्षयकोष स्थापना गर्न प्रारम्भ गरेको हो।पहिलो चरणमा एक करोड बराबर धनराशी संकलन गर्ने उदेश्य सहित प्रारम्भ गरिएको यस कार्यको कोष संचालनका बिधिबारे समाजले बिस्तृत बैठकमा निर्णय गर्ने छ।हाल विश्वभरी फैलिएको कोभिड-१९(कोरोना)का कारण समाजको भौतिक छलफल प्रभावित भईरहेको छ।हरेक बर्ष समाजले बिभिन्न कार्यक्रम गरी संकलित रकम सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको थियो।त्यो समेत कोभिडका कारण प्रभावित भएको छ।

गल्कोट समाज जापानले प्रारम्भ गरेको यस अक्षयकोष निर्माण अभियानमा समाजका अध्यक्ष समेत रहनु भएका समाजसेवी तथा सफल ब्यबसायी यम खत्रीले आफ्नो जन्मदिनको शुभदिनमा एक लाख एघार हजार एक सय एघार जापानी यन रकम सहयोग गरी अक्षयकोष निर्माण अभियान शुरुवात गर्नु भएको छ।
बिबाहोत्सव,जन्मोत्सव जस्ता कार्यमा गरिने खर्चलाई मानवीय सेवा तथा सामाजिक कार्यमा खर्चन समेत अध्यक्षले सबैमा अनुरोध गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय