चितवन /विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ करोड नाघेको छ । एक वर्ष अघि चीनको वुहान राज्यमा पहिलो पटक देखिएको कोरोना भाइरस विश्वभर फैलिएपछि सङ्क्रमितको सङ्ख्या ८ करोड नाघेको हो ।
कोरोना सङ्क्रमितको तथ्याङ्क सङ्कलन गर्दै आएको वल्डोमिटरको तथ्याङ्क अनुसार विश्वभर सङ्क्रमितको सङ्ख्या ८ करोड १ लाख ९३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ७१ हजार कोरोना सङ्क्रमित थपिएका छन् ।
विश्वभर मृतकको सङ्ख्या १७ लाख ५६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । सङ्क्रमित मध्ये ५ करोड ६४ लाख ६० हजार निको भएका छन् ।
कोरोना भाइरसबाट अति प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ९२ लाख ९ हजार छ । मृतकको सङ्ख्या ३ लाख ३८ हजार पुगेको छ ।
भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड एक लाख ६९ हजार पुगेको छ । कोरोना प्रभावित देशहरुको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा ७४ लाख ४८ हजार कोरोना सङ्क्रमित छन् ।