नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका सात जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन् ।
पार्टी विभाजनमा ओलीलाई साथ दिएका रामबहादुर थापा बादल र लेखराज भट्टलाई प्रधानमन्त्री ओलीले मन्त्री पदमा सथावत राखेर नयाँ आएका पाँच जनालाई पनि मन्त्री बनाएका छन् ।
प्रचण्डको साथ छाडेर आएका टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङलाई ओलीले मन्त्री बनाएका हुन् ।
संसद विघटन पछि प्रचण्ड–माधव नेपाल समूहबाट ओली सरकारमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।