पौष १० । ललितपुरमा प्रहरीले थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद गरेको छ । महालक्ष्मी नगरपालिका २३ धापाखेलस्थित धापाखेल जङगलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।
ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने दोलखा नगरपालिका २ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जङ्गलमा पत्कर सोर्ने क्रममा गोली फेला परेको सूचना दिएपछि महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सो ठाउँमामा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारी बरामद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय