पौष १० । नेकपाको प्रचण्ड(नेपाल समूह आज राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
माइतीघरमा भेला भएका केन्द्रीय सदस्य र सांसदहरु नाराबाजीसहितको जुलुस लिएर निर्वाचन आयोगसम्म पुगेका छन् । उनीहरु आफू बहुमत भएको प्रमाण पेस गर्न निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरु संसद् विघटनको असंवैधानिक कदमको विरोध गर्दै सडकमा उत्रिएका छ । उनीहरुले प्रतिगामी षड्यन्त्र मुर्दावाद, असंवैधानिक कदम खारेज गरलगायतका नारा लगाएका छन् ।
काठमाडौंमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन
यसै क्रममा संसद् विघटनसँगै उत्पन्‍न राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढाउनसक्ने भन्दै काठमाडौंमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार बढी सुरक्षाकर्मी सडकमा निस्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय