BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल हुन थाले थप कदम चाल्ने चेतावनी दिएका छन्। बुधबार साँझ योहो टिभीलाई एक अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

सत्तारूढ दल नेकपाको केन्द्रमा देखिएको विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको सन्दर्भमा ओलीले यस्तो बताएका हुन्।

ओलीले प्रदेश र स्थानीय तहमा जे छ अब त्यही छाड्नुपर्ने बताउँदै प्रचण्ड नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्ने समेत चेतावनी दिए।

अविश्वासका नाममा विभाजन गर्ने र एकल पार्टीको बहुमत भएको ठाउँमा अनेक पार्टी भएर सरकार बनाउने खेल र बार्गेनिङ तथा तमासामा फस्ने अवस्था आउनुहुन्न। यहीँ भएरै नै मैले जनतामा जाने निर्णय गरेको हो,’ ओलीले भने।

केन्द्रमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह अलग कित्तामा उभिएपछि नेकपाले नेतृत्व गरेका ६ मध्ये चार वटा प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना छ।

सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्रीसँग स्पष्ट बहुमत छ ।

ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ का, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश अल्पमतको अवस्थामा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय