संसद् विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा प्रदर्शन गरेको छ । बुधबार विराटनगरको ट्राफिक चौकमा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको बताउँदै जसपाले सडक आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

संसद् विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी भएको उनीहरूको दाबी छ ।

कोणसभालाई प्रदेश सांसद् जयराम यादव, केन्द्रीय सदस्यहरू अमरेन्द्र शाह, तवरेज हक, भुराज राईलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय