पौष ८। इटालियन सिरी ए फुटबल अन्तर्गत इन्टर मिलानले आज बुधबार राति भेरोनासँग प्रतिस्पर्धा गर्दैछ । लिगका पछिल्लो पाँच खेलमा लगातार जित निकालेको इन्टरले भेरोनासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
भेरोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११ः१५ सुरु हुनेछ । आजको खेलमा जित निकाल्न सकेमा इन्टरले शीर्ष स्थानमा आफूलाई स्थापित गर्नेछ ।
लिगमा १३ खेल खेलेको इन्टर ३० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको मिलानको ३१ अंक छ । यता २० अंक रहेको भेरोना तालिकाको नवौं स्थानमा छ ।
आजको खेलमा जित निकाल्दै इन्टर आफूलाई लिगमा बलियो बनाउने योजनामा छ । यता, भेरोना पनि आजको खेलमा सहज जित निकाल्दै ताकिलाको सातौं स्थानमा रहने योजनामा छ ।
लिग अन्तर्गत आज नै हुने अर्को खेलमा बोलोगनले एटलान्टासँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १ः३० मा सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय