पुस ७। दोलखामा दुई दिनदेखि इन्टरनेट सेवा अवरुद्ध बनेको छ । दोलखामा नेपाल टेलिकमअन्तर्गतको एडीएसएल इन्टरनेट सेवा र सुबिसु इन्टरनेट सेवा सोमबारदेखि अवरुद्ध भएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट नजिकै सडक खण्डमा डिभाइडर गाड्ने क्रममा अप्टिकल फाइबर चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो । अप्टिकल फाइबर चुडिएपछि सुबिसुको पनि इन्टरनेट सेवा सोमबार बिहानदेखि ठप्प छ ।
चुँडिएको अप्टिकल फाइबर मर्मत कार्य सकेपछि सम्भव मङ्गलबार साँझदेखि इन्टरनेट सेवा सुरु हुने अनुमान गरिएको छ । दोलखामा सेवा प्रदान गरिरहेको वर्ल्ड लिङ्कलगायतको भने इन्टरनेटमा समस्या देखिएको छैन ।
यसैबीच नेपाल टेलिकमअन्तर्गत मोबाइल र ल्याण्ड लाइन टेलिफोन सेवामा पनि समस्या देखिएको छ । फोन नलाग्ने, आवाज स्पष्ट नसुनिने लगायतका समस्या देखा परेको हो । मोबाइल, टेलिफोन र इन्टरनेट सबैमा एकैपटक समस्या देखिएपछि जिल्लावासी समस्यामा परेका छन् ।