पौष ७ । हुम्लाको सिमिकोट विमानस्थलको घेराबार कार्य अन्तिम चरणमा पुगेको छ । समयमै काम सम्पन्न गरेर पुरस्कृत हुने लक्ष्यका साथ घेराबार कार्य अगाडि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।
बानियाँ निर्माण सेवा पालिका प्रतिनिधि दानबहादुर रावतले निर्माण कम्पनीले सझौता अवधीमै काम सम्पन्न गर्ने उद्देश्य राखेको बताए । विमानस्थलको घेराबारको काम ८० प्रतिशत सकिएको उनले बताए ।
गत असोज १७ बाट काम सूरू भएको विमानस्थल घेराबारका लागि २ करोड २९ लाख रूपैयाँ स्वीकृत गरिएको थियो । १० वर्ष अगाडि घेराबार गरिएको विमानस्थल जिर्ण बन्दै र फलामेतारलाई खियाले खाँदै जाँदा पुन घेराबार गर्नुपर्ने भएको थियो ।
ठेक्का सम्झौता अनुसार घेरबार गर्नुपर्ने १ हजार ४१० मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म १ हजार १ सय मिटर काम सम्पन्न भइसको छ ।
विमानस्थल घेराबारको काम तीव्र गतिमा बढ्दा स्थानीय खुसि भएको विमानस्थल टिकट काउन्टरमा काम गर्दै आएका नुर्बु लामाले बताए । “विमानस्थल घेराबार हुँदा गाईवस्तु, कुकुर बालबालिका छिर्ने डर थियो । अहिले नयाँ घेराबार हुँदा समस्या समाधान भएको छ । विमान आउँदा झोपा, चौरीगाई, गाईवस्तु, कुकुर बालिबालिकालाई हटाउन कर्मचारी कुदिरहनु पथ्र्यो । दुर्घटनाको पनि उच्च जोखिम थियो,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय