BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

नेपाल भलिबल क्लब ईताबासी जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ।जापानका बिभिन्न स्थानबाट सत्र टोलिको सहभागिता रहेको प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गल्कोट समाज जापान दुबै गल्कोटे टोलि पुगेका थिए।ए पोलका नौ टीम र बि पोलका ८ टीमको प्रतिस्पर्धाबाट फाईनलको यात्रा तय गरेका दुबै टीम बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा आई बसोबास गर्ने युवाहरु आबद्द टीम हुन्।

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा भलिबलको प्रबर्धनमा निरन्तर लागेको संस्था समेत हो।प्रत्यक बर्ष भलिबल प्रतियोगिता गर्दै आएको क्लवले यस बर्ष कोरोनाका कारण प्रतियोगिता स्थगित गरेको थियो।यस क्लवबाट नेपालमा राष्ट्रीय खेल खेलेका खेलाडी समेत खेल्नुले पनि कल्वलाई बिशेष रुपमा हेरिन्छ भने क्लवमा आबद्द खेलाडीलाई समेत यस्ता प्रतियोगितामा बिशेष चासोका साथ हेर्ने गरिन्छ।
हितु थापा,राम मल्ल,गणेश के सी ,मनोज के सी ,केशव के सी ,रेशम बस्नेत,ललित भण्डारी ,सुनिल बस्नेत,महेन्द्र साहानी सहभागि टोली छनौट खेलाडी संयोजक अम्मर भण्डारी र देबेन्द्र खत्रीले गरेका थिए।प्रतियोगिताको उपाधी जित्न सफल क्लवले बीस मान नगद सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने,क्लबका रमेश बस्नेत बेष्ट प्लेयर बिधा बाट सम्मानित भएका थिए।उप-बिजेता बनेको गल्कोट समाज जापानले बाह्र मान नगद सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।गल्कोटकै डम्मर बस्नेत बेष्ट ब्लकर उपादी प्राप्त गर्न सफल भएका थिए।
नेपाल भलिबल संघ जापान शाखाले गत बर्ष आयोजना गरेको भलिबल प्रतियोगितामा पनि गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रथम स्थान हासिल गर्न सफल भएको थियो।खेल तोसिमा कु मा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय