७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् ।
गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए ।
विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् । यसअघि भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको समूहमा थिए ।
तर, गुटभेलामा भने सहभागी नहुने अडान लिएका छन् । कतै पनि सहभागी नभएका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न मंगलबार बिहान प्रचण्ड पुल्चोक पुगेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय