पुस ७ । कास्कीमा बालिकामाथि हिंसा बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेको देखिएको हो ।
इन्सेकको अभिलखअनुसार सन् २०२० जनवरीदेखि अहिलेसम्म १८ बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनाबाट पीडित भएका छन् ।
कोभिड(१९ महामारीपछि मानवअधिकार हननका घटना बढेको भन्दै गैरसरकारी संस्था महासङ्घ गण्डकी अध्यक्ष विना सिलवालले यस वर्ष स्वास्थ्य अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले बालिकामात्रै नभएर बालकको अधिकार विषयमा पनि बहस हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय