BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । राजधानी काठमाडौंसहित पोखरा चितवजनसहितका ठाउँमा सरकारी कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो ।
असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् । अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् ।
काठमाडौंको माइतीघरमा पनि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय