एनआईसी एशिया बैंकको लहान सिराहामा एक संस्थाको नाममा रहेको करिव ३ लाख रुपैयाँ एनआईसी एशिया बैंकले खातावालालाई थाहै नदिई रकम निकालेको समाचार बैंकिङ खबरमा प्रकाशन भएपछि एनआईसी एशिया बैंकबाट पीडीत भएका दर्जनौ व्यक्तिहरुले उक्त बैंकबाट ठगिएको र आफूहरुले निकै तनाव भोग्नुपरेका सूचनाहरु बैंकिङ खबरलाई पठाउन थालेका छन् । हामीलाई प्राप्त दर्जनौ ती पीडीत व्यक्तिहरुका पीडामध्येको एउटा व्यथा आजको प्रकाशनमा समेटेका छौं । जसमा एनआईसी एशिया बैंकले राम्रो घर कव्जा गर्ने रणनीति बनायो । फलस्वरुप बैंकले लकडाउनकै बेला ऋण तिर्न व्यबसायीलाई बारबार फोन गर्ने र पत्र काट्ने गरेर टर्चर दिएको थियो । 

एनआईसी एशिया बैंकले पुनरकर्जा दिएर संरक्षण गर्नुपर्ने (ऋणी) उद्यमीलाई उठीबास लगाउनेगरी घर लिलामको पत्र थमाएको छ । जसको तनावमा यी उद्यमी यतिबेला ठुलो पीडामा परेका छन् । एकातिरको राष्ट्र बैंकको निर्देशन र अर्कातिर बैंकको व्यबहार उनले प्रत्यक्ष भोगेका छन् । बैंकले पुनरकर्जा दिनुपर्ने ग्राहकहरुलाई राम्रो घर देखेरै लिलामको प्रकृया भकाभक अगाडि बढाएको छ । बैंकका शाखा प्रमुखले बैंकिङ खबरसँग भने ‘माथिबाट निर्देशन आउँछ, केन्द्रीय कार्यालयको निर्देशन मान्नै पर्छ, नत्र जागिर जान्छ, लिलाम प्रकृया अगाडि बढाउँदा विरोध हुन्छ, तर हामी बाध्य छौं’

ग्राहकले असार मसान्तसम्म भुक्तानी गरेको रकमको स्टेटमेन्ट

साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय