BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पुस २। बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था गरिएको छ ।
नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माणको काम सकेर हस्तान्तरण समेत भएको छ । नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्र्धव बस्तिलाई नगरपालिकाकै वडा नम्बर ११ मा सारिएको हो ।
तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई उपलब्ध गराएको र दोस्रो चरणमा ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।
सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । सरकारले घर बनाइदिएपछि खुसी भएको तर पहिलो चरणमा बनेका १० वटा घरको शौचालयको सेफ्टी ट्यांकी एउटै भएकाले केहि समस्या रहेको लाभग्राही बीरबहादुर गन्धर्वले बताउनुभयो । आफूहरुलाई घरको लालपूर्जा समेत उपलब्ध गराइदिए सहज हुने अर्का दलबहादुर गन्धर्वले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय