समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०७७।०९।०१ गते बिहान अस्थायी ट्राफिक प्रहरी पाेष्ट खैरहनी, ई.प्र.का.खैरहनी, युवा संजाल (लियो क्लव) खैरहनीको संयुक्त आयोजनामा पर्सा बजारकाे चौबिस कोठी चोकमा सवारी दूर्घटना न्यूनिकरणको लागी चालकसँग १० मिनेट कार्यक्रम गरी सानाठुला सवारीका करिब २०० चालकहरुलाई सवारी दूर्घटना र सडक सुरक्षाका उपायहरु बारे सचेत गरिएको छ ।
त्यसै गरि अ.ट्रा.प्र.पाेष्ट भण्डारा, इप्रका भण्डारा तथा स्थानीय युवाहरुकाे सहभागितामा जेब्राक्रसकाे सुरक्षित प्रयाेग गर्ने सम्बन्धमा पैदलयात्री, बिद्यार्थी तथा सवारी चालकहरुलाई सचेतना प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय