BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पुस १ ।शेयर बजार परिसूचक नेप्से बुधबार ६ दशमलव २ अङ्कले घटेको छ । बुधबार जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा र बीमा समूहको सूचक घटेसँगै समग्र शेयर बजार परिसूचक नेप्से घटेको हो ।
सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक १६० दशमलव ८५ अङ्कले घटेको छ । तर बैंक, व्यापार, होटल, विकास बैंक, उत्पादनमूलक, माइक्रो–फाइनान्स र म्युचल फण्ड समूहका सूचक भने सुधार भएको छ ।
बुधबार दिनभर एक सय ९९ कम्पनीका पाँच अर्ब १४ करोड ४६ लाख रुपैयाँभन्दा धेरैका एक करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै ३९ करोड ४३ लाख ९५ हजार रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ९१ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २४ करोड ३९ लाख, नबिल बैंक लिमिटेडको १८ करोड ४८ लाख र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड ७६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
बुधबार च्यांदी हाइड्रोपावर कम्पनी लिमिटेड र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० कम्पनीका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ४ दशमलव ४८ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय