१ पुस। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई कोरोना संक्रमण घट्दै गएको प्रभाव सडक यातायातमा देखिन थालेको बताउँछन् ।
सरकारले भीडभाड घटाउन काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लगाएपनि अधिकांश निजी सवारी चालकले त्यसको पालना गरेका छैनन् । जोर–बिजोरको नियम नमान्नेप्रति ट्राफिक प्रहरी पनि नरम नै छ ।
विहान–बेलुकाको नियमित चेकिङमा भेटिएका नियम उल्लंघन गर्ने सवारीलाई केहीबेर रोक्नेबाहेक ट्राफिकले अरु कारबाही गरेको छैन । जोर–बिजोर प्रणाली लागु गर्नकै लागि भनेर चेकिङ पनि नगरिएको एसएसपी भट्टराई बताउँछन् । नियमित चेकिङमा बस्दा जोर–बिजोर पनि हेर्ने गरिएको उनले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.