BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पुस १। मलेसियाको टप ग्लोब्स कम्पनीमा कार्यरत एक नेपालीको कोरोनाबाट ज्यान गएको छ ।
शनिबार टप ग्लोब्स कम्पनीमा कार्यरत २९ वर्षका यमनारायण चौधरी थारुको ज्यान गएको कम्पनीले पुष्टि गरेको छ । उहाँ दुई वर्षदेखि सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो । कोरोना सङ्क्रमण देखिएका उहाँलाई निकै पछि मात्र कम्पनीले अस्पताल लगेको थियो ।
उहाँको निमोनिया र फोक्सोमा समस्याका देखिएकोे थियो । कम्पनीमा कार्यरतमध्ये ५ हजारभन्दा धेरै श्रमिक कोरोना सङ्क्रमित भएका छन् । जसमध्येमा २ हजारभन्दा धेरै नेपाली श्रमिक सङ्क्रमित भइसकेका छन् । कम्पनीमा अव्यवस्थित बसाई, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुनु र सामान्य दूरीसमेत कायम नहुँदा पछिल्लो समय धेरै श्रमिकमा सङ्क्रमण देखिएको छ ।
कम्पनीमा कार्यरत युवराज खड्काले सबैभन्दा पहिला कम्पनीले सामान्य स्वास्थ्यका मापदण्ड पनि पालना नगराएको फोटो बाहिर सार्वजनिक गर्नुभएको थियो । कम्पनीको म्यानेजरसँग यस विषयमा कुरा गर्दा जागिर जाने डरले उहाँले नेपालमा रहेका मानवधिकार सम्बन्धी संस्थामा फोटो पठाउनुभएको थियो । त्यसपछि यो विषय बाहिर आएको हो ।
कम्पनीले विदेशी श्रमिकलाई समयमा उपचार नगरिदिएको र स्वास्थ्यका बारेमा पनि चासो नदिएको भन्दै श्रमिकहरुले आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय