BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको वेष्ट ब्रोमसँगको खेलमा सिटीले आफ्ना लागि र वेष्ट ब्रोमका लागि गोल गरेको हो ।

३० औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा इल्काइ गुण्डोगानले गोल गरेर सिटीलाई सुरुवाति अग्रता दिलाए । तर ४३ औँ मिनेटमा रुबेन डियाजले आत्मघाती गोल गरेपछि वेष्ट ब्रोमले खेलमा बराबरी गर्न सक्यो ।

त्यसपछि गोल हुन सकेन र सिटी बराबरीमा रोकिन बाध्य भयो ।

बराबरीपछि १२ खेलबाट २० अंक जोडेको सिटी छैटौँ स्थानमा पुगेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ब्रोमको १३ खेलबाट सात अंक छ ।

यस्तै मंगलबार राति नै भएको खेलमा वुल्भ्सले चेल्सीलाई २–१ ले पराजित गरेको छ । पाँचौँ स्थानको चेल्सीका लागि ४९ औँ मिनेटमा ओलिभर जिरउडले गोल गरी सुरुवाति अग्रता दिलाएका थिए ।

तर त्यो जोगिन सकेन । वुल्भ्सका लागि ६६ औँ मिनेटमा पोडेन्से र इन्जुरी समयको पाँचाँै अर्थात ९५ औँ मिनेटमा नेटोले गोल गरे । पराजित भएको चेल्सीको १३ खेलबाट २२ अंक भएको छ । २० अंकसहित वुल्भ्स १० औँ स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय