BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं, मंसिर ३० । मंगलबार बिहानका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित भएको छ। कोरम नपुगेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकमा कोरम नपुगेको हो। परिषद् अध्यक्ष प्रधानमन्त्री केपी ओलीले बैठकको एजेन्डाको विषयमा जानकारी नगराएको भन्दै सापकोटा बैठकमा उपस्थित नभएका हुन्।

प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकमा उपस्थित भएका थिए।

संवैधानिक परिषद् बैठक बस्नेका लागि पाँच सदस्यको अनिवार्य उपस्थित हुनुपर्छ। प्रतिनिधिसभाको उपसभामुख पद रिक्त भएकाले सभामुख सापकोटा अनुपस्थित हुँदा बैठकमा कोरम नपुगेको हो।

प्रधानमन्त्री र परिषद्का अन्य सदस्यबीच छलफलपछि प्रधानमन्त्री ओलीले साँझ ५ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। आइतबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित नभएपछि मंगलबारका लागि सरेको थियो।

लामो समयदेखि परिषदको बैठक बस्न नसक्दा संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक नियुक्तिमा भागवण्डा नमिल्दा १३ महिनादेखि बैठक बस्न सकेको थिएन।

बैठक बस्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगमा नियुक्ति हुन नसकेको हो। सभामुख सापकोटा बैठकमा उपस्थित नहुनुलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवादको असरको रुपमा लिइएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले सभामुख सापकोटालाई बैठकमा नजान भनेको र सोही अनुसार सभामुख सापकोटा बैठकमा उपस्थित नभएको आरोप बालुवाटार स्रोतले लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय