इश्वर राना,तनहु,
२५ असोज , तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा नेकपा निकट रास्ट्रीय युवा संघको वडास्तरिय कमिटी गठन भएको छ। हिजाे भएको एक भेला बात स्थानिय श्री राम विकको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन भएको हो।
संघको वडा कमिटी उपाध्यक्षमा ६ जना चयन गरिएकाे छ । जसमा सुवर्ण केसि, नेत्र श्रेष्ठ, मदन आले, शक बहादुर गुरुङ, गणेश गुरुङ र शिव गुरुङ चयन भएकाे छ।
यस्तै गरि सचिव पदमा आश बहादुर गुरुङ, सह सचिवमा सिजन मल्ल चयन भएको छ। कार्यक्रममा प्रमुख अतिथि तनहुँ क्षेत्र नं. २ का संघीय सांसद केदार सिग्देल रहनु भएको थियो भने नेकपाका स्थानिय नेताहरुको समेत सहभागीता रहेको थियो