पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा ‘’सूर्य इन्टरनेशनल अवार्ड’’ २०१८ र २०१९ सम्पन्न गरिसकेपछि आयोजक संस्था तेस्रो संस्करणको तयारीमा जुटेको छ । आयोजक संस्था सुर्य कर्पोरेशन र यसका प्रबन्ध निर्देशक बाशुदेव लामिछानेले तेस्रो संस्करण अझै भव्य हुने जनाएका छन् । हाल अमेरीकाको बिजनेस भ्रमणमा रहेका लामिछानेले सामाजिक सञ्जाल मार्फत अवार्डको घोषणा गरेका हुन । नेपालको काठमाण्डूमा एक कार्यक्रमका बिच कार्यक्रमको एनाउन्समेन्ट गरिने भएको छ । टप ३ लाई सर्टिफिकेट वितरण कार्यक्रम अर्थात नोमिनेसन सेरेमोनि जापानको टोकियोमा हुनेछ भने र अवार्ड समारोह अमेरीकाको न्युयोर्कमा हुने जनाएका छन् ।

कर्पोरेसनले २०१५ देखि ‘’साकुरा नाईट’’ नामक स्वदेश तथा विदेशमा युजिकल इभेन्ट गर्दै आईरहेको छ ।कार्यक्रमबाट भएको मुनाफाको केहि अंश समाजसेवामा लगाउंदै आएको कर्पोरेसनले बिशेषगरि जापान तथा नेपालमा कार्यक्रम गर्ने गरेको छ ।

सुर्य कर्पोरेसनले विदेशमा नेपाली चलचित्र पनि प्रदर्शन गर्दै आईरहेको छ । नेपालको निकै चलेको ब्यानर ‘’छक्का पन्जा’’ टिमको जापान राईट्स पनि यसै कर्पोरेसनले लिएको थियो । केहि समय अगाड़ी भुवन केसी र अनमोल केसीसंग काजल फिल्म्सको अब बन्ने चलचित्रको बिश्वभरको लागि ईन्टरनेसनल राईट्स लिईसकेको छ ।

बिदेशमा नेपाली फिल्म प्रदर्शन र म् गर्दै आएका लामिछानेले सन् २०१८ बाट सुरुवात गरेको यो अवार्डलाई डायस्पोरामा हुने ठुलो अवार्ड मध्ये एक मानिन्छ ।’’ सँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली फिल्मनगरीलाई पनि यसले थोरै भएपनि टेवा पुग्ने विश्वास लिईएको छ । अवार्डसँगै अन्य गतिविधिमा स्थानीय नेपाली मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु पनि हुने सुर्य कर्पोरेसनले जनाएको छ ।

गत वर्ष भएको अवार्डको दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको थियो । जहाँ नेपाली कलागजतलाई प्रतिनिधित्व गर्ने नामहरु नीर शाह , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , भुवन केसी देखि पछिल्लो पुस्ताका कलाकारहरु अनमोल केसी , साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मको उपस्थिति रहेको थियो । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाइ लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिने गरिएको थियो ।

गत बर्ष २०१८ देखि सुर्य कर्पोरेशनले शुरु गरेको ‘’सुर्य ईन्टरनेशनल अवार्ड’’ मा नेपाल देखि पाल्नु हुने बरिष्ठ कलाकारहरु, चलचित्रका होनाहार पात्रहरु,सांगीतिक क्षेत्रका चम्किला नक्षत्रहरु, राष्ट्रिय पत्रकारहरु का साथै स्थानिय दिग्गज ब्यक्तित्वहरुको बिशेष सम्मानका साथ सम्मान पत्र र मायाको चिनो प्रदान गर्न समुन्द्र बिच पानीजहाज भित्र राखिएको बिशेष ‘’क्रूज़ पार्टी’’ सम्पन्न भएको थियो ।

गत बर्ष जस्तै यो बर्ष पनि नेपालको सरकारी निकायहरु र सरोकारवालाहरुसंगको सहकार्य हुने बुझिएको अवार्डले कोरोनाको कहरले थला परेको यो अवस्थामा यस किसिमको घोषणाले कला र संस्कृतिको क्षेत्रमा आबद्ध सम्पुर्ण मनहरु कार्यक्रमलाई लिएर उत्साहित हुनसक्ने देखिन्छ । लन्डनबाट सुरु भएको कोरोनाको भ्याक्सिन विश्वमा फिंजिने क्रम जारि भए लगत्तै चलचित्र र संगित क्षेत्रलाई समेटिने यस अवार्डको सम्पुर्ण जानकारी छिटै सार्वजनिक गरिने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय