मंसिर २९ । कूशासन, भ्रष्टाचार र दमनविरुद्ध आज ९सोमबार० नेपाली काँग्रेस चितवनले भरतपुरमा सरकार विरोधी प्रदर्शन गर्दैछ ।
आइतबार पार्टी कार्यालय कमलनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनका लागि सबै तयारी पुरा भएको काँग्रेस चितवनले जनाएको छ । प्रदर्शनमा जिल्लास्थित सबै पालिकाका ९८ वडाबाटै पार्टी नेता कार्यकर्ता र भातृ संगठनहरु सहभागी गराइने काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रदर्शन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ,’ श्रेष्ठले भन्नुभयो, ‘तरुणदलले स्वयमसेवक यसमा खटिनेछन ।’ उहाँले प्रदर्शनमा कम्तिमा २५ हजार नागरिक उपस्थित हुने अपेक्षा राखिएको बताउनुभयो । सबै पार्टी कार्यकर्ता र आम नागरिकलाई सडकमा आएर प्रदर्शन गर्न उहाँले आब्हान गर्नुभयो । सभापती श्रेष्ठले आइतबारको प्रदर्शनमा स्थानीयस्तरमा भएका भ्रष्टाचार र व्यतिथीका मुद्धा पनि उठाइने बताउनुभयो ।
आजको प्रदर्शनलाई कांग्रेसले शक्ति प्रदर्शनका रुपमा समेत लिएको छ । शान्त र रचनात्मक बनेको कांग्रेस अब भने सरकारविरुद्ध कडारुपमा सदन र सडकमा प्रस्तुत हुने कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताउनुभयो । उहाँले प्रदर्शनमा आफ्ना जनवर्गीय संगठनहरुलाई कांग्रेसले अग्र मोर्चामा उभ्याउने बताउनुभयो ।
दिउँसो १२ः३० बजे भरतपुरको चौविसकोठीबाट सुरु हुने र्याली नारायणगढको पुल्चोकमा पुगेर बिरोधसभामा परिणत हुनेछ । सभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व अर्थमन्त्री डा।रामशरण महतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न समेत नेपाली काँग्रेसले अपिल गरेको छ ।काँग्रेस चितवनका २६ हजार बढी क्रियाशिल सदस्य छन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.