BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

मंसिर २९ । मेलम्ची खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षणको लागि दातृ निकाय एसियाली विकास बैंक ९एडीबी०ले अन्तर्राष्ट्रिय विज्ञ टोली नेपाल पठाएको छ ।
काममा ढिलासुस्ती र लापरवाही भएको भन्दै एडीबीले निर्माणस्थलको निरीक्षण गर्न हाइड्रो मेकानिकल, सुरुङ, खानेपानी वितरण प्रणाली लगायतका विज्ञ रहेको चार सदस्यीय टोली पठाएको हो । आयोजनाका एक अधिकारीका अनुसार विज्ञ टोली शनिबारबाट आयोजना निर्माणस्थलमा पुगेको छ र एक हप्तासम्म नेपालमै रहेर आयोजनाको कामबारे जाँचबुझ तथा निरीक्षण गर्नेछ ।
०६४ सालमै निर्माण सक्ने गरी थालिएको मेलम्ची आयोजनाको म्याद पटक–पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ ।
गत २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फसेको छ । दुर्घटनामा एक जनाको मृत्यु भयो भने एक–एक जना घाइते र बेपत्ता भए ।
अहिले मुख्य सुरुङका चारवटै अडिट टनेलका गेट सुधार गरिँदैछ । गेट जडानको काम चलिरहँदा एडीबीको टिम आयोजना स्थलमा आइपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
विगतदेखि आयोजनाका पूर्वाधारको गुणस्तरबारे प्रश्न उठिरहेकाले एडीबीले यसबारे चासो देखाएको आयोजनाका अधिकारीहरु बताउँछन् । ‘प्राविधिक गल्ती हुन नदिन स्वतन्त्र पक्षका विज्ञहरु आएर निरीक्षण गर्नु सकारात्मक हो,’ आयोजनाका एक अधिकारीले भने, ‘परामर्शदाताले नै कमजोरी गर्दा विगतमा दुर्घटना हुन पुगेकाले अन्य विज्ञको परामर्श पनि आयोजनालाई उपयोगी हुनसक्छ ।’
खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सिन्धु र अम्बाथानको अडिट टनेलमा ‘हाइड्रोमेकानिकल गेट’ जडानको काम सकिएको छ । यसअघि जोडिएका गेटमा प्राविधिक कमजोरी भएकाले दुर्घटना भएको निष्कर्षसहित डिजाइन सुधारेर जोड्ने काम भइरहेको उनले बताए ।
अब अम्बाथान र सुन्दरीजलमा गेट जडानको काम बाँकी छ । गेट जडानपछि त्यसको आवश्यक निरीक्षण गरेपछि मात्रै सुरुङमा पानी भर्न सुरु गरिने शाक्यले बताए । कम्तिमा पुसभित्र परीक्षणका लागि सुरुङमा पानी भर्न सकिने अनुमान आयोजनाका अधिकारीहरुको छ । आयोजनाको मुहानमा बन्ने हेडवर्क्ससहित निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ ।
ठेकदार र योजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भयो भने २०७८ वैशाख २ गते ९१५ अप्रिल २०२१० सम्म आयोजनाको काम सकिनेछ । जबकी खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने बताएकी थिइन् । मन्त्रीले तोकेको डेडलाइनको दबावमा तयारी र अध्ययन विना सुरुङमा पानी हाल्दा दुर्घटना नै निम्तिएपछि अहिले प्राविधिकहरु हतार नगर्ने निष्कर्षमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय