मंसिर २८ ।शेयर बजार परिसूचक नेप्से साढे ४६ अङ्कले बढेको छ ।

होल व्यापार र जलविद्युत बाहेक अरु सबैजसो समूहको शेयर बढेपछि समग्र नेप्से ४६ दशमलव ४३ अङ्कले बढेर २ हजार १० दशमलव ४५ विन्दुमा पुगेको छ ।
आइतबार जीवन बीमा कम्पनीको शेयर ५ सय २८ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको २ सय ७२ अंकले, निर्जीवन बीमाको १ सय ७४, माइक्रो फाइनान्स ५६ अङ्कले, बैकिङ समूहको शेयर ४५ र विकास बैंक समूहको शेयर ३६ अङ्कले बढेको छ । आइतबार दुई सय तीन कम्पनीका ९० लाख ५० हजार कित्ता शेयर चार अर्ब ८९ करोड ९४ लाख रुपैयाँमा कारोबार भयो ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार माहुली र साधना लघुवित्त वित्तीय संस्था तथा नारायणी विकास बैंक र हिमालयन डिस्टिलरीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।
समग्र बजार बढे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका शेयरधनीले झण्डै पाँच प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय