BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

मंसिर २८ । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज ९आइतबार० देखि सुरु भएको छ ।
विश्वकप फुटबल छनोटको तयारी स्वरूप अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आइतबारदेखि प्रशिक्षण सुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ । फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आउँदो चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाको तयारी स्वरूप बन्द प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।
पूर्वकप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । विश्व कप छनोटका लागि पर्याप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
समूह ‘बी’ मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै नेपाल तीन अङ्कसहित चौथो स्थानमा छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण खेलाडीहरू गएको चैत महिना यता कुनै पनि प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन् । तर गएको शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा सहभागी हुनुभन्दा पहिला सबै खेलाडीको पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय