मंसिर २८ । पर्सामा लेनदेनको विषयमा झगडा हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्टेवासुगौली गाउँपालिका–१ सिरहीका २४ वर्षीय उमेश ठाकुर रहेका छन् । लेनदेनको विषयमा मंसिर २४ गते बिहान पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु र उमेश ठाकुरबीच झगडा भएको थियो । सो क्रममा उमेश ठाकुर गम्भीर घाइते भएका थिए ।
वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः०५ मा उनको मृत्यु भएको थियो । खाजा खाएको पैसा नदिएको भन्दै होटल सञ्चालक थारुले झगडा गर्नुको साथै गलबन्दीले ठाकुरको घाँटी थिचेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नास्ता खाएको निहुँमा छिमेकी भाइको हत्या भएको स्थानीय धर्मेन्द्र साहले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.