BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो । महानगर पालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना संक्रमणको विशेष परिस्थितिमा पनि औपचारिक कार्यक्रम गरी महानगर दिवस मनाउन लागिएको बताए ।

महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको पनि मेयर शाक्यले बताए । यस्तै महानगरपालिकाले अहिलेसम्म गरेका कामहरु र आगामी योजनाको सम्बन्धमा पनि जानकारी गराउने कार्यक्रम रहेको मेयर शाक्यले बताए । महानगरभित्रका भित्री सडक र मूल सडकमा रातिको समयमा उज्यालो बनाउने अभियान सुरु गरिएको र आगामी तीन महिनाभित्रमा महानगरपालिकाका सबै सडकमा बत्ती बल्ने बताए ।

महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत गुठीहरु, खड्गी समुदायका गुठीहरु, गुँला बाजाका समूहहरु, ईन्द्रजात्रामा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरवलगायतका बुजाका गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि मेयर शाक्यले बताए ।

यस्तै पहिलो जननिर्वाचित मेयर स्वर्गीय जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारीलाई प्रदान गर्ने भएको छ । सेवा प्रवाहमा खटिरहेका पाँच जना जनप्रतिनिधि र पाँच जना कर्मचारीहरुलाई पनि सम्मान गर्ने भएको छ । यसबाहेक १० जना कर्मचारीहरुलाई उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको पनि महानगरपालिकाले जनाएको छ ।

यस्तै महानगरबाट प्रवाह हुने सेवा तथा कामका विषयमा नियमित समाचार प्रकाशन–प्रशारण गरेर नागरिकको पहुँचसम्म सूचना पु¥याउन महत्वपूर्ण भूमिका खेलेका १० जना सञ्चारकर्मीलाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय