मंसिर२७ । दुई देशका परराष्ट्रमन्त्रीले संयुक्त रुपमा अध्यक्षता गर्ने नेपाल(भारत संयुक्त आयोगको वैठक अझै अनिश्चित देखिएको छ । डिसेम्बर १५(१६ मा वैठक बस्न दुई देशबीच छलफल भएपनि मिति केही पर सरेको स्रोतले बतायो ।
हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगलाले संयुक्त आयोगको वैठकका लागि भारतिय विदेशमन्त्री एस जयशंकरले पठाएको निमन्त्रणा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । डिसेम्बर १५(१६ मा आयोगको वैठक बस्ने विषयमा दुईपक्षबीच कुराकानी भएको थियो । बैठकका एजेन्डाहरु तय गर्न परराष्ट्र मन्त्रालयले सरोकारवाला पक्षहरुसँग कुराकानी पनि गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय