BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

जोमसोम, असोज २४ । विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोरोना भाइरसको जोखिम यथावत रहिरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङमा दसैं लक्षित भेडा(च्याङ्ग्रा खरिदरबिक्रीको व्यापार बुधबारदेखि गर्मिन थालेको छ । भेडारच्याङ्ग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी यसवर्ष पशुपालक किसानको खोर–खोरमै धाउन थालेका छन् ।

बिहीबारसम्म करिब ३ दर्जन बढी भेडारच्याङ्ग्रा मुस्ताङ आएको पाइएको छ । पोखरा(काठमाडौंलगायतका सहरमा पुर्‍याउने उद्देश्यले भेडा(च्याङ्ग्रा खरिद गर्न व्यापारी जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुगेका छन् ।

कोरोना माहामारीका कारण उत्तरी कारलानाकाबाट तिब्बती भेडारच्याङ्ग्रा नआएपछि मुस्ताङका पशुपालक किसानले पालेको स्थानीय भेडारच्याङ्ग्राको मुल्य गर्मिएको हो । उपल्लो मुस्ताङका विभिन्न ग्रामिण भेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा स्थानीयले जोमसोम ल्याएर व्यापारीलाई बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने व्यापारीहरु पशुपालकको खोरमा पुगेर खरित्ने गरिएकाले स्थानीय भेडा(च्याङ्ग्राको भाउ बढेको हो । भेडा—च्याङ्ग्रा खरिद गर्न पोखरारकाठमाडौं,पर्वत,तनहुँ ,स्याङ्जा ,बाग्लुङ र म्याग्दीलगायतका जिल्लाबाट मुस्ताङ आएका हुन् ।

गतवर्ष मुस्ताङमा २३ हजार भेडारच्याङ्ग्रा जिल्ला बाहिरिएको थियो । तर, यसवर्ष कोरोना कहरका कारण गतवर्षको तुलनामा ३३ प्रतिशत मात्र भेडा—च्याङ्ग्रा मुस्ताङबाट बाहिरिने सम्भावना रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय