BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

मंसिर २६ । मानवअधिकार तथा शान्ति समाजले विप्लव नेतृत्वको नेकपाले शिक्षक राजेन्द्र श्रेष्ठके हत्या गरेको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । शिक्षक श्रेष्ठ हत्याको निन्दा र भ्रष्टाचार विरुद्ध शुक्रबार ३२ जिल्लामा प्रदर्शन भएको समाजले जनाएको छ ।
मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका श्रेष्ठको मंसिर २३ गते बिहान अपहरण पश्चात हत्या गरेको जिम्मेवारी विप्लव समूहले लिएको थियो । “हत्याको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । उक्त जघन्य हत्याका दोषीहरुलाई कानुन सम्मत कारवाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ,” समाजले विज्ञप्ति जारी गर्दै भनेको छ ।
हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्विकार्य नहुने मानव अधिकार तथा शान्ति समाजले विप्लव नेतृत्वको नेकपालाई स्मरण पनि गराएको छ । हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाजले आग्रह पनि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय