BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

मंसिर २६ । काठमाडौं उपत्यकामा बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण रोकिएका उडान सुरु भएको छ । विहान ७ बजेदेखि १० बजेसम्म हुस्सुका कारण आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको थियो । अहिले भने विमानस्थल संचालनमा आइसकेको र उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए ।
“बिहान भिजिविलिटी सय मिटरमा झरेको थियो । चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको विमान अवतरण लगत्तै बाक्लो हुस्सुका कारण उडान भएका थिनन् । अहिले सुचारु भइरहेका छन्,” उनले भने ।
हुस्सुका विहान मलेसियाबाट आएको हिमालय एयरलाइन्सलाई डाइभर्ट गरेर ढाका पठाइएको थियो । उक्त जहाज पनि अहिले काठमाडौं अवतरण गरिसकेको छ ।
कर्णका अनुसार आज अन्तर्राष्ट्रियतर्फ ९ वटा उडान हुनेछ भने १६ वटा अवतरण हुने तालिका छ । यस्तै आन्तरिकतर्फ ८८ वटा उडान हुने तालिका रहेको उनले बताए । विहान उडान प्रभावित भएकाले आज अबेरसम्म उडान हुन सक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय