BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

मंसिर२६ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले यतिबेला काठमाडौंमा छन् ।
केहीदिन काठमाडौंमा नै रहने उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने चौथाइवालेको भ्रमणको उद्देश्य नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्नु हो ।
साथै, उनको भ्रमण नेपाल र भारतको बिचमा चिसिएको सम्बन्धमा सुधार गर्न पछिल्ला दिनहरुमा भएका पहलहरुको निरन्तरताको रुपमा नै लिइएको छ ।
उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीसँगको भेटमा दुई देशका जनताको बिचमा रहेको सम्बन्धलाई सुदृढ बनाउने सम्बन्धमा छलफल भएको थियो । समाचार स्रोतका अनुसार उनले ओलीसँगको भेटमा नेकपा र भाजपाको बिचमा सुमधुर सम्बन्ध चाहेको धारणा व्यक्त गरेका थिए ।
उनको भ्रमणको अर्को उद्देश्य भनेको नेपालमा जुन दलको सरकार आए पनि भारत मिलेर काम गर्न तयार रहेको सन्देश ओलीलाई दिनु हो । अर्थात्, भारतले नेपालको सरकार परिवर्तनमा आफ्नो कुनै चासो छैन भनी ओलीलाई आश्वस्त पार्न चाहिरहेको छ ।
नेपालमा रहँदा उनले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेता उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
सन् २०१४ मा भारी मतका साथ सत्तामा आएको भाजपासँग नेपालका राजनीतिक दलहरुको खासै नजिकको सम्बन्ध छैन । विगतमा नेपालका राजनीतिक दलहरुको सम्बन्ध इन्डियन नेसनल कङ्ग्रेस, समाजवादी दलहरु र केही कम्युनिष्ट दलहरुसँग रह्यो ।
भाजपा सत्तामा आउनुभन्दा पहिला न उसले नेपालका राजनीतिक दलहरुसँगको सम्बन्ध सुधारमा ध्यान दियो, न नेपालका राजनीतिक दलहरुले नै भाजपासँग सम्बन्ध अगाडि बढाए । दुई देशको बिचमा विभिन्न क्षेत्रमा निकटको सम्बन्ध रहे पनि राजनीतिक तहमा भने एकदमै सीमित सम्बन्ध छ जसका कारण द्विपक्षीय सम्बन्धमा कर्मचारी र सुरक्षा संयन्त्र बढी हावी भएका छन् ।
सन् २०१४ मा भाजपा सरकारमा आएपछि सम्बन्धमा केही सुधार आएपनि त्यो एकदमै सीमित छ ।
अझै पनि नेपालका नेताहरु दिल्ली जाँदा अथवा भाजपाका नेताहरु काठमाडौं आउँदा एकदमै कम भेटघाट हुने गरेको छ । त्यसैले चौथावाइलेको भ्रमण राजनीतिक दलका नेताहरुसँगको सम्बन्ध सुधारमा केन्द्रित रहने देखिन्छ ।
यस अगाडि भाजपाका नेता राम माधव नेपालको मामिलामा हावी थिए । तर, पछिल्लो वर्षमा भाजपामा उनको प्रभाव कम हुँदै गएको छ ।
अहिले चौथाइवाले प्रधानमन्त्री मोदीसँग निकट छन् । वैदेशिक मामिलामा मोदीले चौथावाइलेसँग परामर्श गर्ने गर्दछन् ।
पछिल्लो समयमा भाजपाका प्रभावशाली नेताहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने र जुन पार्टीको सरकार आए पनि मिलेर काम गर्नुपर्ने एप्रोज लिँदै आएका छन् । उनीहरुले समग्र द्विपक्षीय सम्बन्धलाई राजनीतिबाट पृथक राख्नुपर्ने भनी नेतृत्वलाई सुझाव दिँदै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय