मंसिर २५ । दक्षिण अफ्रिकाको क्रिकेट टोली करिब १४ वर्षको अन्तरालमा पाकिस्तान भम्रणमा निस्कने भएको छ । दक्षिण अफ्रिकाले जनवरीमा दुई टेष्ट र तीन टि–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचको सिरिज खेल्न पाकिस्तान भ्रमणमा निस्कने भएको हो । टेष्ट खेल कराँची र रावलपिन्डीमा हुनेछ । टि–ट्वान्टी म्याच लाहोरमा खेलिने क्रिकेट दक्षिण अफ्रिकाले बताएको छ ।
दक्षिण अफ्रिकाले अन्तिम पटक सन् २००७ मा पाकिस्तानको भम्रण गरेको थियो । दक्षिण अफ्रिकाको टिम १६ जनवरीमा कराँची पुग्नेछ । कराँचीको नेशनल स्टेडियममा २६ बाट ३० जनवरीको बीचमा पहिलो टेष्ट म्याच खेल्नेछ । त्यस्तै फेब्रुअरी ४ देखि ८ सम्म दोस्रो टेष्ट खेल्नेछ । गद्धाफी स्टेडियम लाहोरमा ११, १३ र १४ फेब्रुअरीमा तीन टि–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्नेछ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.