BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० पुन:गर्ने भएको छ । आउँदो नोभेम्वर २९ तारिख आईतवार जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको हो । यसअघि मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको थियो ।
प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप,रनिङ कपको साथै नगद ५ लाख येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । साथै दोस्रो हुनेलाई २ लाख र कप,सेमि फाईनालिसटलाई कप,फायर प्ले टिम कप ,वेस्ट प्लेअर कप ,हाई स्कोर कप ,वेस्ट स्टिकिअर कप ,प्ले अफ द लिगललाई पनि कप दिने जनाएको छ । जापानको टोकियो नजिकको शहर साईतामामा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातु सन्देश डट कटले मिडिया सपोर्ट गरेको छ ।
उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागि हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।साथै टिम दर्ताको अन्तिम मिती 2020/11/15 तारिक रहेको हुँदा सम्पूर्ण सहभागि टिमलाई समयमै आफ्नो टिम दर्ता गरी आफ्नो ठाउँ सुरक्षित गर्नको लागि NRNA कान्तोका अध्यक्ष राकेश रुम्बाले अपिल गर्नुभएको छ । टिम दर्ताको रकम फुरिगोमी गरिसके पछी NRNA कान्तोका कोषाध्यक्ष सागर कार्की लाई सम्पर्क गरी जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय