BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

मंसिर २४ । सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई डाटा सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारी छन् । सरकारी तथा निजी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानुन विपरीतका कार्यहरु हुने गरेको भन्ने सूचनाका आधारमा साइबर व्युरोले अनुसन्धान थालेको थियो ।
सूचनाको विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा उनले निजि क्षेत्रको अनलाईन व्यापारको डाटा ब्रिच गरी डाटा सार्वजनिक गरी विद्युतीय ईलेक्ट्रोनिक कारोबार ऐन, २०६३ को परिच्छेद९९ बमोजिमको कसूर गरेको खुलेपछि उनलाई पक्राउ गरिएको व्युरोले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय