मंसिर २४ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी र इस्तानबुलको खेल आज बुधबार राति हुने भएको छ । मंगलबार १५ मिनेटमा रोकिएको खेल आज हुने भएको छ । जातीय विभेद भएको भन्दै च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा टर्कीको इस्तानबुल र फ्रान्सेली पीएसजीका खेलाडीले पहिलो हाफको १५ मिनेटमा मैदान छाडेका थिए ।
उनीहरुले खेलको १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिन बताएका थिए । उनले बेन्चतर्फ इंगित गर्दा रंगभेदी व्यवहार गरेको आरोप इस्तानबुलका खेलाडीहरुले लगाए । आज दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा हुने छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.