BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

मंसिर २३ ।आईएमई लाइफकम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ति तथा संघ संस्थालाई सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्न च्याटबोटलाई प्रयोगमा ल्याएको हो ।
यो सेवा कम्पनीको वेब साइटमा उपलब्ध रहेको छ । यसबाट बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीले जनाएको छ । साथै बीमासँग चासो राख्ने बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।
च्याटबोट सेवामार्फत् बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धी जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नं। परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ । यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिसन, बैंक खाता, प्यान नं।, मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रियासम्मको जानकारी यसै च्याटबोटमार्फत्त तत्कालै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत् राखेर तत्कालै समाधान पाउन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय